नियम २१
सेवाबाट हटाइएका कर्मचारीले सफाई पाएमा पदस्थापन गर्ने
(१) सेवाबाट हटाइएका कुनै निजामती कर्मचारीले कुनै अदालतको
निर्णयबाट निजको सेवा पुनस्र्थापित हुने भएमा सोको निर्णयको सूचना पाएको मितिले तीन महिनाभित्र सम्बन्धित मन्त्रालयमा हाजिर
हुन जानु पर्नेछ ।
(२) उपनियम (१) को म्यादभित्र हाजिर हुन नजाने निजामती कर्मचारीलाई पदस्थापन गरिने छैन ।